काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेपालका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा वार्ता जारी छ।

बिहान १० बजे ओली निवास बालकोट पुगेका चिनियाँ नेताहरुको टोलीसँगको वार्ता अहिले पनि जारी छ। अध्यक्ष ओलीको सचिवालयका अनुसार खाना खाएर पुनः वार्ता जारी छ।

चिनियाँ नेताहरुसँग वार्ताका लागि ओलीसँगै एमाले नेताहरू उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन्।

त्यस्तै विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सहभागी छन्। उक्त वार्तामा उषाकिरण भण्डारी, अञ्जान शाक्य र कृसा केसी पनि सहभागी रहेको बालकोट स्रोतले जनाएको छ। तर भित्र के विषयमा छलफल भईरहेको छ भन्ने खुलाएको छैन्।

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com