काठमाडौं । उपसभामुखको निर्वाचन असार ३१ गते हुने भएको छ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेका हुन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने प्रावधान छ ।
प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ ।
प्रकाशित मिति: २९ असार २०७९, बुधबार
प्रतिक्रिया