काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले स्थानीय चुनावमा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितलाई भेटेका छन्।

चाबहिल-बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमन गर्न पुगेका बालेनको संयोगवश स्थापितसँग भेट भएको हो।
भेटपछि स्थापितले साहलाई आफ्नो घरमा लगेका थिए। स्थापितको घरमा उनीहरुबीच कुराकानी भएको छ।

स्थापितले बालेनसँग काठमाडौं महानगरका लागि आफूले तयार पारेका योजना सुनाएका थिए। स्थापितले ‘काठमाडौं आफ्नो जन्मथलो भएकाले यहाँको विकासमा सहयोग पुर्याउन सधैँ आफू तयार रहेको बताएका थिए।

 

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com