काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह फेरि विवादमा तानिएका छन्। पछिल्लो समय महानगरको बजेटबाट स्वर्गीय र्यापर अनिल अधिकारी ‘यम बुद्द” को सालिक निर्माण गर्ने निर्णय गरेसँगै विवादमा तानिएका मेयर बालेन साह पुन: विवादमा तानिएका हुन्।

काठमाडौँ महानगरले ‘ई–स्पोर्ट’ को नाममा आफूलाई चुनावमा सघाएका चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी एक करोड बजेट विनियोजन गरेको भन्दै मेयर बालेन र भिक्टर पौडेलको आलोचना सुरु भएको हो।

हाल नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालनको लागि आधिकारिक कम्पनीको रूपमा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल समेत सहभागी रहेको डिआरएस नामक कम्पनी मात्र दर्ता रहेको हिमालय टेलिभिजनले दावी गरेको छ।

‘हिमालयन टेलिभिजन’ ले रुटिन अफ नेपाल बन्दकै लागि भनेर मेयर बालनले एक करोड रुपैयाँ छुट्टाएको दाबी सहित भिडियो सामाग्री सम्प्रेषण गरे पस्चात भिक्टर पौडेलले सामाजिक सञ्जाल मार्फत उक्त समाचारको खण्डन गरेका छन्।

भिक्टर भन्छन, ‘प्रिय हिमालयन टेलिभिजन म एउटा इ–स्पोर्ट टिमको सह-संस्थापक हुँ , आयोजक हैन रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन । ” उनी थप्छन्” बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु प्रमाणित गर्नुहोस् झुन्डिएर म र्न तयार छु । ‘

हिमालय टेलिभिजनले पटक-पटक मेयर बालेन्द्र साह र अहिले रुटिन अफ नेपाल बन्दका संचालक भिक्टरलाई समेत विवादमा तानेको भन्दै मेयर बालेन र रुटिन अफ नेपाल बन्दका समर्थकले हिमालय टेलिभिजनको नियती खराब रहेको भन्दै आलोचना गरिरहेका छन्।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com