काठमाडौँ । प्रदेश १ का कृषि तथा सहकारी मन्त्री झलकबहादुर मगरसँगको नेदरल्याण्डका एक ब्यक्तिको भेटघाटले चर्चा पाएको छ।

बुधबार मन्त्रालयमा भेटका लागि पुगेका नेदरल्याण्डका कृषि तथा पशु विज्ञ हाबेल क्लेंग्स्टा र मन्त्रालय पदाधिकारीको भेटले चर्चा पाएको हो। विराटनगरमा कृषि सम्बन्धी काम गर्दै आएको एक निजी कृषि फर्ममा गाईपालनको विषयमा सेवा उपलब्ध गराउन आएका हाबेल मन्त्री मगरसँगको भेटमा कट्टु लगाएर पुगेका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मेयर भीम पराजुलीले जिम्मेवार ब्यक्तिको लज्जास्पद हर्कतले प्रदेश सरकारको बेइज्जत भएको बताए। प्रदेश बलियो नभए खारेजी समेतको अभिब्यक्ति दिँदै आएका पराजुलीले विदेशी नागरिक कट्टुमा मन्त्रीसँग भेट गर्नुले निर्लज्जता प्रदर्शन गरेको बताए।

उनले भने, ‘आफनो स्तर बुझ्न नसक्नेहरुको कारण नै प्रदेशको खारेजीको माग गरेको हो। हाम्रो प्रदेशको मन्त्रीको भेट यसप्रकार हुन्छ भन्दा कस्तो सन्देश गएको छ। आफै बुझ्ने कुरा हो। मन्त्रालयले आफ्नो मर्यादा कायम राख्न नसकेको हो।’

यस विषयमा मुख्यमन्त्री मन्त्रालयका प्रवक्ता उद्धवप्रसाद रिजालले मन्त्रालयभित्र पहिरनको विषयमा समन्वय गर्दै सबैलाई जानकारी गराउने बताए। संघीय सरकारका मन्त्रालय प्रवेशका लागि मुलद्धारमा रोकिने गरिएको भएपनि ‘पहुँच र भेटि हालुँ न’ भन्ने प्रकृतिबाट सहजता खोजिँदा कमीकमजोरी हुने गरेको उनको भनाइ छ।

‘सार्वजनिक स्थानमा हुने भेटमा कसरी प्रस्तुत हुने सबै जानकारी नै हुनुपर्ने हो। तरपनि यसविषयमा मन्त्रालयमा पनि हामी कुरा गर्नेछौँ,’ प्रवक्ता रिजालले भने।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com