काठमाडौं । नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारी भनी उल्लेखित व्यक्ति राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ।

गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रको जवाफ दिँदै सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले एम अधिकारी नै गभर्नर महाप्रसाद भनी भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले एमालेको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था नरहेको भन्दै एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेका हुन्। गभर्नर अधिकारीले यसअघि एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी विभिन्न मिडियामा आफ्नो नाम जोडेर एम अधिकारी भन्ने व्यक्ति आफू नै रहेको भान हुनेगरी समाजमा भ्रम सिर्जना भएको जनाएका थिए ।

आफू कुनै पनि दलको सदस्य नरहेको र कुनै दल विशेषको समितिमा रहने, बस्ने भन्ने कुरा कल्पना बाहिरको विषय रहेको भन्दै अधिकारीले यसबारेमा प्रष्ट पारेर आफूलाई समेत जानकारी दिन पत्र लेखेका थिए। 

 

 

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com