काठमाडौं । प्रदेश र स्थानीय तहलाई कसरी कमजोर पार्ने भन्ने विषयमा केही नेता लागिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएक छन् । उनले संघीयता खारेज गरेर राजतन्त्र ल्याउन खोज्नेहरूले त्यस्तो दुश्प्रयास गरिरहेको बताएका हुन् ।

बिहीबार नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा सम्बोधन गर्दै दाहालले परिवर्तनलाई उल्ट्याएर पुरानै निरंकुश शासन व्यवस्था ल्याउनका लागि त्यस्ता प्रयास भइरहेको बताएका हुन् । ‘केही नेताहरू खुलेआम संघीयता खारेज गर्नुपर्छ भनिरहेका छन् । त्यहाँ जाने भनेको निरंकुश राजतन्त्रतिर नै हो । अधिकार तल दिने वातावरण बनाउनुपर्छ । तर ती ऐन रोक्ने काम भइरहेको छ,’ उनले भने ।

त्यस्तै, दाहालले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्तिबीच एकता हुने सम्भावना रहेको बताए । उनले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक हुनुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com