काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्ह ‘गाई’ माग्दै सर्वोच्च अदालतमा बिहिबार मुद्दा दायर गरेको छ। भोलिको पेशीमा बहस गर्न स्वंम अध्यक्ष थापा सर्वोच्च अदालत जाने भएका छन्।

‘संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले ‘गाई’ चिन्ह लिएर जनतामा गएको सर्वविदितै छ। राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ’,अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस सम्बन्धि मुद्दाको भोलि पेशी छ। म आफैं वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ।’

Advertisement
Advertisement

आज दर्ता भएको रिट निवेदनमाथि सुनवाइ हुने भएको छ। मुद्दाको पेशी भोलि तोकिएको राप्रपा नेपालले जनाएको छ।

 

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com