काठमाडौं । बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ।

सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए ।

महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार सो टोलीले १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको थियो । यसको भाडा २५ लाख ६८ हजार रुपैयाँ उठेको छ । सोही दिन एक निजी कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग गरिएको थियो ।

यसको भाडावापत ३ लाख भुक्तानी दिइएको थियो । यसरी १ लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com