काठमाडौं । जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले डा.बाबुराम भट्टराईसहितका नौ जना नेतलाई हटाएको छ । यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्षबाट भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको एक नेताले जानकारी दिए ।

निष्कासनमा परेका नेतामा गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् । बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरिसकेको छ ।

२०७७ वैशाख ११ मा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भई जसपा नेपाल बनेको थियो । २०७७ कात्तिक ०४ गते संघीय परिषद् अध्यक्षमा भट्टराई चयन भएका थिए ।

 

प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com