धरान । सुनसरीको धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ।
उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा शुक्रबार बिहान भेट भएको हो। रबिले मेयर हर्क साम्पाङलाई सुभकामना दिनका लागि साम्पाङको कार्यकक्षमा पुगेको बताएका छन् ।
‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको, खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो तर सकिएछ,’ भेटपछि रवि लामिछानेले भनेका छन्,‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला।
प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार
प्रतिक्रिया