सुर्खेत । दैलेखको गुरासँ गाउँपालिकामा करार कर्मचारी र प्रहरीबीच झडप भएको छ। गाउँपालिकाले साउन १ गतेदेखि म्याद नथप्ने विषयमा तालाबन्दी गर्न पुगेका करार कर्मचारीहरु र प्रहरीबीच शुक्रबार साँझ दोहोरो झडप भएको हो।

दिनभर आन्दोलन गरिरहेका करार कर्मचारी साँझ प्रहरीले हस्तक्षेप गर्न थालेपछि दोहोरो झडप भएको हो। प्रहरीले तनाव नियन्त्रणमा लिन हवाई फायर समेत गरेको छ। दोहोरो झडपमा आन्दोलनकारी घाइते भएका छन्। घाइते हुनेहरुमा भवानी प्रसाद भटटराई, भक्त खत्री रहेका छन्। उनीहरुलाई गोली लागेको छ। दुई शसस्त्र प्रहरी र ५ नेपाल प्रहरी गरि ७ जना प्रहरी घाइते भएका छन्। उनीहरु उपचारका प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

गाउँपालिका अध्यक्ष टोपबहादुर विसी लगायत जनप्रतिनिधिहरु पालिका कार्यालयबाट बाहिर ल्याउन नसक्ने अवस्था भएपछि प्रहरीले कर्मचारीमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको जनाईएको छ। कर्मचारीहरुले तत्काल कार्य निर्णय सच्चाउन दवाव दिएको र जनप्रतिनिधिहरुले शनिवार छलफल गर्ने बताएपछि तनाव बढेको थियो।

प्रहरीले आन्दोलनरत कर्मचारीलाई हटाउन खोजेपछि गाउँपालिकाको मुख्य गेट, कार्यालयका झयालहरुमा क्षति भएको दैलेखका प्रमुख प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए। गुरासँ गाउँपालिकामा २०७४ मा नेपाली काँग्रेसले बहुमतसहित पालिका जितेको थियो। २०७९ को स्थानीय तहको चुनावमा नेकपा एमालेले बहुमत सहित चुनाव जितेको छ।

 

प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com