काठमाडौँ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई उनले त्यसकै उदाहरणको रूपमा प्रस्तुत गरेका छन्।

आज पोखरामा आयोजित पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरू अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरूको बिचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरूबाट भएको छ।’

अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको समेत उनको आरोप छ ।

नेता पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाए । विगतमा नेपालको मन्त्रिपरिषद् बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उनले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाए।

गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा उनीमाथि आक्रमण भएको पोखरेलले बताए । उनले गभर्नरबारे सञ्चार माध्यमहरूले प्रायोजित हल्ला चलाएको आरोप लगाए।

 

प्रकाशित मिति: १ श्रावण २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com