काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे झुटो बोलेको आरोप लगाएका छन् ।

श्रेष्ठले फेसबुकमार्फत हिजो आयोजित एक कार्यक्रममा एमसीसी गुपचुप राख्नुभन्दा राष्ट्रिय बहसका लागि संसदमा पेस गरेको ओलीको भनाइ सत्य नभएको बताएका हुन् ।

‘एमसीसी सम्झौतालाई त्यसमा समावेश गरिएको प्रावधान अनुसार नेपालको घरेलु ऐनभन्दा माथिल्लो हैसियतमा राख्न नेपालको सन्धि ऐनअन्तर्गत प्रतिनिधिसभा पारित गर्नु आवश्यक भएको ले एमसीसी अमेरिकाले सम्झौता हस्ताक्षर गर्दाको क्षणदेखि नै संसदबाट अनुमोदनका लागि दबाबसहित अनुरोध गर्दै आएको थियो’, वास्तविकता यस्तो छ भन्दै श्रेष्ठले लेखेका छन्, ‘तर त्यो सम्भव भइरहेको थिएन । पछिल्लोपटक क • केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो ।’

संसद कमजोर भएकाले त्यो एमसीसी पारित गरेको ओलीको भनाइप्रति पनि उनले जवाफ दिएका हुन्।

प्रकाशित मिति: १ श्रावण २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com