काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले हिमालयन टेलिभिजन र राष्ट्रिय दैनिक नेपाल समाचारपत्र माथि कारवाही माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दर्ता गरेका छन्।

महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको समाचार हिमालयन टिभी र नेपाल समाचार पत्रले प्रशारण/प्रकाशन गरेका थिए ।

ती सञ्चारमाध्यमहरुले महानगरका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको मेयर बालेनको आरोप छ । साहले ती समाचारबाट भ्रम उत्पन्न हुनुका साथै व्यक्तिगत र संस्थागन गरिमामा आँच पुगेको बताएका छन् ।

‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उजुरीमा साहले लेखेका छन् ।

उजुरी पत्र :

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com