काठमाडौं। राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह करिब एक महिनाको थाइल्याण्ड भ्रमण सकेर शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

नातिनि कृतिका राज्यलक्ष्मी शाहको दिक्षान्त समारोहमा भाग लिन थाइल्याण्ड पुग्नु भएका उहाँहरु झण्डै १ महिनाको थाइल्याण्ड बसाईपछि स्वदेश फर्किन लाग्नु भएको हो।

भ्रमणका क्रममा पश्चिमा शक्ति, युरोपियन शक्तिसँग भेटघाट भएको भनिए पनि पुष्टि हुन बाँकी छ। नेपालमा राजसंस्था फर्किदा विरोध नहोस् भन्नेमा राजा ज्ञानेन्द्रको ध्यान देखिन्छ। पछिल्लो समय राजा फर्किनुपर्ने मत अधिकांश नेपालीले राख्ने गरेका छन्। तर जनप्रयासबाट मात्र राजा नफर्किने भएकोले राजाबाट नै केही कदम होस् भन्ने धेरैको चाहना देखिन्छ।

राजपरिवार निकट स्रोतका अनुसार राजा ज्ञानेन्द्र नेपाल भूराजनीतिक द्वन्दमा फस्दै गएकोमा चिन्तित देखिनुहुन्छ। दरबार निकट स्रोतले भन्यो, ‘महाराजधीराज सरकार अहिले राष्ट्र भू-राजनीतिक द्वन्दमा फसेको भन्दै दुखित हुनुहुन्छ। विश्व शान्तिलाई नै नेपाल भित्र भइरहेको शक्ति राष्ट्रको लडाईले असर पर्छ भन्नु भएको छ। राष्ट्रले लिएको बाटो गलत भएको भन्दै पहिले भन्दा धेरै दुःख मनाउने गर्नुहुन्छ।’

राजा ज्ञानेन्द्रले आफ्नो जन्मदिन पनि थाइल्याण्ड बसाइका क्रममा नै मनाउनु भएको थियो। राजा ज्ञानेन्द्र भोलि शुक्रवार बेलुकी ६:३० बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com