बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं- १ फयालगाउँमा स्वास्थ्यकर्मी नहुँदा एक जना महिलाले स्वास्थ्य कार्यालय पुगे पनि बाटोमै बच्चा जन्माउन बाध्य भएकी छिन्।

फयालगाउँ सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा मुक्तिकोटकी कार्तिके विकले बाटोमै बच्चा जन्माएकी हुन्।

सुत्केरी ब्यथाले चाँपेपछि उनी स्वास्थ्य कार्यालय पुगेकी थिइन् । तर, स्वास्थ्य कार्यालयमा कुनै पनि स्वास्थ्यकर्मी थिएनन् । त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा गएका थिए ।

प्रसुती हुन स्वास्थ्य कार्यालय पुगेकी विक कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा घर फर्किदै थिइन् । घर फर्कर्दै गर्दा उनलाई सुत्केरी ब्यथाले च्यापेको थियो । ब्यथाले च्यापेपछि उनी बाध्य भएर बाटोमै बच्चा जन्माउन विवस भइन् ।

बाटोमै बच्चा जन्माएकी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको उनको परिवारले जनाएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com