काठमाडौं । नेकपा एमालेका नेता तथा व्यवसायी दुर्गा प्रसाईले आफूमा मोदी र सि जिनपिङलाई सँगै राखेर कुनै दिन मार्सी भात खुवाउँने तागत रहेको बताएका छन्।

आफू व्यापारी भएपनि देश चलाउन सक्ने आँट र क्षमता भएको भन्दै प्रसाईले भने, ‘केपी ओली र प्रचण्डलाई मार्सी भात खुवाउनेमात्रै होईन, कुनै दिन नरेन्द्र मोदीसँग पनि डिनर खाएको फोटो आयो भने आश्चर्य नमाने हुन्छ।’

‘मोदी र सि जिनपिङलाई सँगै राखेर कुनै दिन मार्सी भात खुवाउँछु। म सँग त्यो तागत छ । त्यो बेला पनि आईसकेको छ । यो त समयको माग हो’ उनले भने, कसैले पत्याएको थियो त दुवइको राजपरिवारको सदस्य मैले ल्याएर देखाएँ।’

प्रसाईंले गगन थापालाई भने राजनीतिक माफियाको संज्ञा दिंदै भने, ‘माफिया भनेको त गोविन्द केसी, गगन थापा, नारायणकाजी, गिरिराजमणि पोखरेल यिनीहरु माफिया हुन्।’

उनले गगन थापाको विरुद्धमा आफ्नो भतिजो अर्जुन प्रसाईले उम्मेद्धवारी दिने बताए। झापा ३ मा एमाले र राप्रपाको गठबन्धन भयो भने आफूले स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन्।

प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com