काठमाडौं । करिब एक महिना थाइल्यान्ड बसाईपछि राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह आज स्वदेश फर्किनु भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झाँझ ७:०० बजे ओर्लनु भएका राजपरिवारलाई समर्थकहरुले भव्य स्वागत गरेका छन्। समर्थकहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद’ जस्ता नारा लगाएका थिए।

असार ३ गते थाइल्याण्ड पुग्नुभएका ज्ञानेन्द्र शाह परिवार आज साँझ ७ बजे थाई एयरवेजको विमानबाट नेपाल फर्किनु भएको हो। अमेरिका पढ्दै गरेका नाती हृदयन्द्र एक साताअघि थाइल्यान्डबाट नेपाल फर्किसकेका छन् ।

दुई नातिनी पूर्णिका र कीर्तिकालाई थाइल्यान्डमै छाडेर ज्ञानेन्द्र परिवार नेपाल फर्किनुभएको हो।

प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com