काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले शुक्रबार पारित भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको प्रसंग नै नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले भने, ‘नागरिकता सम्बन्धमा लामो समय बहस र विवाद अनावश्यक थियो । समयमै कानुन नबनाएकाले धेरै जताले दुःख पाएका थिए। संसदीय समितिमा वैवाहिक अंगीकृतबारे सहमति नजुटेकाले हिजो पारित भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको कुनै प्रावधान छैन । यसले नेपाली नागरिकका सन्तानलाई नागरिकता, आमाको नाममा नागरिकता, गैर आवासीय नेपालीले नागरिकता पाउने कुरा मात्र गरेको छ । अरु कुरा हिजो जे थियो, त्यही छ । कुनै परिवर्तन भएको छैन । नयाँ कुरा पनि छैन।’

भीम रावलले त विरोध गर्नुभयो, नेकपा एमाले, नेमकिपा, राजमोले त विपक्षमा मतदान गरे नि भन्ने पत्रकार धमलाको प्रश्नमा महतले भने, ‘जुन कुराको चर्चा छैन, त्यसमा संशोधन प्रस्ताव केका लागि ? भीम रावलको कुरा छाड्नुस् । उहाँ रावलपिण्डी कि कताबाट आउनुभएको हो ? नेपाली नागरिकका सन्तानलाई नागरिकता दिनुहुन्न भन्ने राष्ट्रघाती हुन् । विधयेकमा बढी वा कम भयो भन्ने वाहियात कुरा हो।’

उनले सात वर्षसम्म नागरिकता कानुन नल्याएर अपराध गरिएको आरोप पनि लगाए । महतोले भने, ‘सात वर्षसम्म नेपाली नागरिकका सन्तानले नागरिकता पाएनन् । हामी समेत सम्मिलित सरकारले अध्यादेश ल्यायो । त्यसलाई अदालतले रोकिदियो । सात वर्षसम्म नागरिकता कानुन नल्याएर अपराध गरियो ।” लोसपा नेता महतोले आफ्नो पार्टीलाई कांग्रेस र एमाले दुवै गठबन्धनबाट प्रस्ताव आएको पनि बताए । उनले भने, “अहिले हामीलाई कांग्रेस र एमाले दुवैको प्रस्ताव आएको छ । दवैपक्षसँग कुरा हुन्छ। जहाँ अनुकूल हुन्छ, त्यहीँ गठबन्धन गर्छौं । देशै गठबन्धनमा गएपछि हामी मात्र एक्लै बसेर के गर्ने ?’

 

प्रकाशित मिति: ७ श्रावण २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com