काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।

ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका एक जना अधिकृतले बताए ।

‘नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको हो,’ ललितपुर ट्राफिक प्रहरी स्रोतले भन्यो ।

कारबाहीको समयमा मन्त्री सो गाडीमा भए/नभएको खुलेको छैन ।

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com