काठमाडौं । काठमाडौं महानगरले साढे एक करोड खर्चेर र्‍यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउने भएको छ।
काठमाडौंको नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न महानगरले प्रक्रिया थालेको हो।

‘नयाँबजारको जग्गामा पार्क बनाउने निर्णय गरिएको हो,’ काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरलेे भने, ‘ त्यहाँ सात रोपनी क्षेत्रफलको जग्गा छ। त्यो सबै क्षेत्रफल प्रयोग हुन्छ वा हुँदैन, टुंगो लागेको छैन।’

प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। यमबुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने मानन्धरले बताए।

‘अरू पार्कमा जे-जति सुविधा हुन्छ, यो पार्कमा पनि हुन्छ,’ उनले भने, ‘अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्।’

यसअघि यमबुद्धको शालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो। उक्त निर्णयले महानगर विवादित समेत बनेको थियो। पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए।

अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याएइको उनले बताए।

‘पार्कमा आवश्यकता अनुसार जे पनि हुन्छ,’ उनले भने, ‘पार्कभित्र र्‍यापर यमबुद्धको शालिक पनि हुन सक्छ।’

 

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com