काठमाडौं । साफ यू–२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपालले लज्जास्पद हार व्यहारेको छ।

भारतको भुवनेश्वरमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो।

च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको हो। भारतले भने लगातार दोस्रो जित दर्ता गरेको हो। नेपाललाई पराजित गरेसँगै भारतको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

राउण्ड रोविनको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ।

भारतसँगको हारसँगै नेपालले अर्को खेलमा बंगलादेशमाथि जित निकाल्न दबाब बढेको छ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com