काठमाडौं । न्याय माग गर्दै आमरण अनशनमा रहेकी कुमारी आमा निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिएकी छन् । राष्ट्रपति भण्डारीले आज शनिवार कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्ब बहादुर खातीलाई बोलाएर निहारिकाको विषयमा ध्यानाकर्षण गराएकि हुन्।

निहारिका राजपुतले हिजो राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले हस्तक्षेप गरी उनको ज्यान जोगाएको थियो । ९ दिनदेखि आमरण अनशनमा रहेकी उनले आफूमाथि ‘बलात्कार गर्ने’ व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगाएतको माग राखेकी छन् ।

निहारिकाको मुद्दाबारे आज राष्ट्रपतिसँग कुराकानी भएको कानून मन्त्री बन्दीले ग्लोबल नागरिकलाई बताए। आजको भेटमा निहारिकाको सन्दर्भमा राष्ट्रपतिबाट गम्भीरतापूर्वक चासो व्यक्त भएको छ,’ उनले भने ।

‘राष्ट्रपतिज्यूबाट चासो व्यक्त भएको छ । हामीले मुद्दाको विषयमा अवगत गराउँदै यसलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ,’ मन्त्री बन्दीले भने ।

मन्त्री बन्दीले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढिसकेको पनि बताएका छन्।

 

प्रकाशित मिति: २८ श्रावण २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com