कैलाली । जिल्लाका दुई ठाउँमा बिहानै शंकास्पद वस्तु (कुकर बम र बमजस्तै वस्तु) फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । उक्त शङ्कास्पद वस्तु त्यही समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा कपडामा बेरिएको शंकास्पद वस्तु भेटिएको छ । यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै कुकर बमजस्तो शङ्कास्पद वस्तु फेला भेटिएको छ ।

शंकास्पद वस्तु भेटिएपछि राजमार्गमा सवारी आगागमन प्रभावित भएको छ । उक्त वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

बन्दका कारण कैलाली तथा सुदूरपश्चिमका अन्य जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । साथै स्कुल तथा कलेजहरु पनि बन्द छन् ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com