काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् ।
सरकारले पछिल्लो समय प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दिर्घकालिन महत्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपति जनाएको छ ।
प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार
प्रतिक्रिया