काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कानुन सबैलाई बराबरी हुने भन्दै जिल्ला अदालतलाई आफूले समय दिएको बताएका छन्।
बुधबार काठमाडौंमा पार्किङको लागि नक्सा पास गरी बनाएका अनधिकृत संरचनामाथि धमाधम डोजर चलाएका शाहले नियम कानुन सबैलाई बराबरी लाग्ने बताएका हुन्।
काठमाडौंका संरचना भत्काउने क्रममा स्थानीयसँग कुरा गर्दै मेयर शाहले काठमाडौं जिल्ला अदालतले पनि नक्सा पास नगरी संरचना बनाएको पाइएमा भत्काउने बताए।
‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने होइन, सबैलाई बराबर हो। हामीले जिल्ला अदालतलाई समय दिएका छौं। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि त्यहीँ हुने हो,’ उनले भने।
मेयर शाहले पछिल्लो समय राजधानीमा अनधिकृत रूपमा बनेका संरचना हटाउन सुरू गरेका छन्।
प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार
प्रतिक्रिया