काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नबिल बैंकको न्यूरोड शाखा पनि हटाउन निर्देशन दिएका छन् ।
अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई हटाउन निर्देशन दिएका हुन्।
न्यूरोडमा अवैधानिक रुमपा बनेका संरचना हटाउने र निरीक्षण गर्ने क्रममा नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालय हटाउन मेयर बालेन्द्र शाहले निर्देशन दिएका छन्।
प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार
प्रतिक्रिया