धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठन ‘राप्रविसं’ले धरान उपमहानगरका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ। सामाजिक सञ्जालमा अभद्र र असभ्य प्रस्तुति दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजीनामा माग गरेको हो ।

केही दिन अगाडी धरानका मेयर साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै इन्जीनियरहरुलाई कटाक्ष गरेका थिए । सोही विषयलाई लिएर राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन (राप्रविसं) पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै राजीनामा नदिए कडा आन्दोलनको चेतावनी दिएका छन् ।

‘सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफू बाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसा प्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणी प्रति राप्रविसं घोर भर्त्सना र विरोध गर्दछ ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। 

प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com