काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मोबाइल एप्लिकेसन ‘फेसबुक लाइट’मा समस्या देखिएको छ। एप खोल्न खोज्दा प्रयाेगकर्तालाई अपडेट गर्न अनुराेध गरिएकाे छ ।
तर, गुगल प्ले स्टोरमा गएर अपडेट गरेर पुनः खोल्दा पनि उही समस्या दोहोरिने गरेकाे छ।
एप अनइन्स्टल गरेर इन्स्टल गर्दा समेत साेही समस्या देखिएकाे प्रयाेगकर्ताले गुनासाे गरेका छन्। यसबारे फेसबुकले भने आधिकारिक जानकारी दिएकाे छैन।
प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार
प्रतिक्रिया