काठमाडौँ । काठमाडौंका ५ वटा क्यासिनोले महानगरलाई मनोरञ्जन कर बुझाएका छन् । तिनले मनोरञ्जन करबापत ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँ बुझाएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यस्तै, काठमाडौं फन पार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको छ ।

म्यारिटको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, होटल अन्नपूर्णको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार, हायाताको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रीएसनले ९ लाख ८९ हजार, सोल्टीको माजोङ इन्टरटेनमेन्टले ९ लाख ९३ हजार र मल्ल होटलको बेलीन क्यासिनोले १३ लाख ८८ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महानगरपालिकाले ती क्यासिनोलाई भदौ १९ गते मनोरञ्जन कर बुझाउन भन्दै पत्राचार गरेर एक हप्ताको अल्टिमेटम दिएको थियो । र्‍याडिसन होटलको क्यासिनो र्‍याट र याक एन्ड यतीको रोयल क्यासिनो हाल सञ्चालनमा नरहेकाले कर नबुझाएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com