काठमाडौं । गठन भएको एक दिन नबित्दै सल्लाहकार समिति विवादमा मुछिएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महिला सदस्यमा दीपाश्री निरौलालाई नियुक्ति गरेका छन्।

यसको आधिकारिक घोषणा आइतबार गर्ने तयारी भएको एक बोर्ड सदस्यले ग्लोबल नागरिकलाई जानकारी दिए । समितिमा महिला सदस्यलाई नराखिंदा समावेशी नभएको भन्दै प्रश्न उठेपछि बोर्ड अध्यक्ष भुवन केसिले फिल्म निर्देशक तथा अभिनेत्री निरौलालाई सदस्यमा ल्याएका हुन् ।

बिहीबार बेलुका बसेको बोर्डको बैठकले निर्देशक नीर शाहको नेतृत्वमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो।

समिति गठनको कुरा बाहिर आएपछि समावेशी नभएको भन्दै फिल्मकर्मी असन्तुष्ट थिए।

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com