काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मंगलबार रातिबाट निस्क्रिय भइसकेको छ । यही सन्दर्भमा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै पौडेलले भनेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको प्रमाणिकरण गर्न संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ।’

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले गणतान्त्रिक ब्यबस्थामाथिको प्रहार रहेको उनको भनाइ छ । ‘म यसको भर्त्सना गर्दछु,’ पौडेलले भनेका छन् ।

 

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com