काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए ।

श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर, यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ ।

यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो ।

अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ । तर, सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् ।

 

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com