काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा देशभर मादक पदार्थको बिक्री–वितरण र सेवनमा रोक लगाउन प्रस्ताव गरेको छ । आसन्न स्थानीय तह निर्वाचनलक्षित सञ्चारमाध्यमसँगको मंगलबारको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर यस्तो प्रस्ताव गरिएको जानकारी दिए ।

‘निर्वाचनको मौन अवधि भनेको चुप लागेर बस्ने अवधि हो । हामीले त्यसलाई बढी चलायमान हुने अवधि हो भनेर बुझिदियौँ, यसमा फेरबदल गयौँ, यसमा चलायमान गर्ने विविध तनाव हुन्छन्, मादक पदार्थको बिक्री–वितरण र सेवनले मान्छेलाई चलायमान गराउँछ । मौन अवधि जारी भएपछि देशभरि नै मादक पदार्थको बिक्री–वितरण र सेवनलाई निषेध र नियन्त्रण गरौँ भन्ने प्रस्ताव अगाडि सारिएको छ,’ उनले भने ।

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नयाँ कामको थालनी गर्दा निर्वाचन आयोगप्रति शंकाको दृष्टिले हेरिँदा निर्वाचन सुधारका काममा असहज हुने गरेको पनि बताए । आयोगको काम–कारबाहीलाई लिएर पछिल्लो समय एमालेले प्रश्न उठाउँदै आएको छ ।

आयोगले निर्वाचन सुधारका लागि गरेका नयाँ कामलाई स्वार्थको सेरोफेरोबाट हेरिँदा आयोगलाई काम गर्न अप्ठ्यारो भएको बताए । ‘निर्वाचन तयारीमा जुटिरहँदा कुनै पनि सुधारलाई शंकाको दृष्टिले हेरिदिने, कुनै परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहज रूपमा पचाउन पनि नसक्ने र कुनै नयाँ थालनी गर्यो भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्नेजस्ता प्रवृत्तिका कारण निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउन कहीँ–कतै असहज तथा अप्ठ्यारो भएजस्तो महसुस हुँदो रहेछ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

-नयाँ पत्रिका 

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com