काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवती नाबालिग नरहेको उनका कानुन व्यवसायीले दाबी गरेका छन्।

ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दाबी छ । सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो ।

प्रहरीका अनुसार सन्दीपविरुद्ध १७ वर्षकी किशाेरीले बलात्कारकाे आराेप लगाएकी छन् । पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

सन्दीपलाई जिल्ला अदालत काठमाडाैंले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ ।

 

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com