हेटौंडा । एमाले पार्टी कार्यालय मकवानपुरमा आज एउटा अचम्मको दृश्य देखियो । नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्दै थिए भने उनको स्वागत गर्नेमा थिए– राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउनका लागि आफ्ना पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता र जनवर्गीय संगठनका नेतासँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रममा एमालेको समर्थनमा उम्मेद्वार बनेका थापा पनि अरु उम्मेद्वारसँगै थिए । यहि कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य शंकर राउत एमाले प्रवेश गरे । थापाले उनै राउतलाई एमालेमा स्वागत गरेका हुन् ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com