नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ।
माओवादी केन्द्रले सोमबार एक सर्कुलर जारी गर्दै एउटा पालिकाको कम्तीमा एक वडा अध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ।
सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन्। ७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार
प्रतिक्रिया