काठमाडौं । जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए ।

अदालतले भने ५ दिन म्याद थपेको छ ।

प्रकाशित मिति: २७ आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com