काठमाडौं । नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।

केकीले विवाह गरेको स्रोतले पुष्टि गरे पनि कोसँग विवाह गरेकी हुन् भन्ने बताउन चाहेन ।

‘आज विवाह भएको हो, सबै कुरा भोलि थाहा हुन्छ,’ स्रोतले भन्यो ।

केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् । उनी केही समयदेखि एक युवकसँग प्रेममा थिइन् । उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन् ।

केकी निकट एक नायिकाका अनुसार गोप्यरूपमा विवाह गर्ने उनको पहिल्यैदेखिको योजना हो ।

‘एकैचोटि विवाहको फोटो बाहिर आयो भने चित्त नदुखाउनु,’ केकीको भनाइ उद्धृत गर्दै ती नायिकाले भनिन्।

-नेपाल प्रेस

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com