काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले गत हप्ता फेसबुक ग्रुपमा अडयो कमेन्ट उपलब्ध गराएको जानकारी दिएको थियो । अहिले विश्वका विभिन्न क्षेत्रबाट केही प्रयोगकर्ताले ग्रुपका पोस्टमा भ्वाइस कमेन्ट गरिरहेका छन् । नेपालमा पनि कतिपय फेसबुक प्रयोगकर्ताले यो फिचर प्रयोग गरिरहेको पाइएको छ ।

फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराए पनि प्रयोगकर्ता अभ्यस्त भएका छैनन् । त्यसो त फेसबुकमा सबैलाई यो एक्सेस पनि छैन । केहीले फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् ।

विशेषगरी पुरानो फेसबुक अकाउन्ट भएकाले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । यो क्रमश: अपडेट हुँदा देखिनेछ । अब फेसबुकमा टेक्स्ट र अडियो कमेन्ट राख्न सकिनेछ । यसअघि फोटो र टेक्स्ट राख्न पाइन्थ्यो ।

नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । फेसबुकको लाइट एपमा भने यो अप्सन खुला छ ।

अडियो कमेन्ट गर्न तपाईँले यी उपाय अपनाउन सक्नुहुनेछ।

– पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।

– अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् ।

– अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।

-अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् ।

– तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्नुहोस् ।

 

प्रकाशित मिति: १२ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com