काठमाडौं । वैशाख १ गते रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘केजीएफ च्याप्टर २’लाई लिएर नेपालमा चर्चा छ । पछिल्लो समय नेपालमा साउथ फिल्मको दबदबा बढेको र हल सञ्चालकले नेपाली फिल्मलाई विभेद गरेको आरोप पनि लागिरहेको छ ।

ठूला मल्टिप्लेक्सले ‘केजीएफ-२’लाई ७५ शो दिएर नेपाली फिल्मलाई मुस्किलले दुई दर्जन मात्रै शो दिएर विभेद गरेको आरोप उनीहरुको छ । केही निर्माताले त विदेशी फिल्मलाई कडाइ गर्न माग गर्दै चलचित्र विकास बोर्डमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

यस्तोमा ‘ए मेरो हजुर ४’का अभिनेता अनमोल केसीको स्टारडमलाई दिएर बढी अपेक्षा हुनु र स्टारडमको दबाब बढ्नु स्वभाविक नै हो । हालैको एक अन्तर्वार्तामा अनमोलले नेपाली फिल्मको वास्तविक प्रतिस्पर्धा हलिउड र बलिउडसँग रहेको बताउँदै सबैजना एक हुनुपर्ने खाँचो औंल्याएका छन् ।

नेपाली कथावस्तुमा समेत विदेशीले फिल्म बनाउन थालेको प्रसंग कोट्याउँदै उनले विदेशी फिल्मको डोमिनेट (दमन) नेपालमा बढेको समेत बताए । गोर्खा इतिहास र कन्टेन्ट नेपालको भएपनि अक्षयकुमारले त्यसमाथि फिल्म बनाउनु त्यसको उदाहरण भएको उनको कथन छ ।

‘गोर्खा त हाम्रो सब्जेक्ट हो नि त । तर हामीले किन बनाउन सकेनौं, अक्षयकुमारले किन खेलिरहेको छ गोर्खा सब्जेक्टमा ? बजेटको हिसाबमा हामीले त्यो बनाउनै सक्दैनौं, तर कन्टेन्ट त हाम्रो हो नि । किन हाम्रो देशले बनाउन सकेन ? यस्ता चीजले गर्दा डेमिनेटेड चाहिं छ,’ अनमोलले भनेका छन् ।

पछिल्लो समय अनमोल, सुहाना थापा, निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाले नेपालमा विदेशी फिल्मको प्रभुत्वबारे खुलेर बोलिरहेका छन् ।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com