काठमाडौं । ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भारतीले जानकारी दिए ।

भारतीका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्‍याइएको छ।

‘अक्सिजन भर्ने क्रममा विष्फोट भएको हो। एक जनाको मृत्यु भएको छ,’ उनले भने।

मृतक भारतीय नागरिक छन्। एसपी शिद्दीबिक्रम शाहका अनुसार मृतक भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका वृज महतो छन्।

घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ। एक जनाको अवस्था गम्भीर भएको एसपी शाहले बताए।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com