• समाचार होइन, पत्रकार चेतन शर्माको यो एक जानकारीमुलक स्वतन्त्र आलेख हो ।

मुलुकमा अहिले चुनावी सर्गमी बढ्दै छ। टाउकाको मूल्य तोक्ने र तोकिने दुई ब्यक्ति एकठाउँमा आएका छन् ।

मंसिर ४ मा निर्वाचन हुँदै छ । राजा ज्ञानेन्द्रले कसलाई मतदान गर्लान अथवा मतदान गर्लान कि नगर्लान?  यदि मतदान गर्छन भने कुन पार्टीलाई मतदान गर्लान ? यदि मतदान गर्दैनन् भने के कारणले अथवा किन मतदान गर्दैननन्? भन्ने धेरैको जिज्ञासा रहेको पाइन्छ । उक्त कुराको जानकारी लिनुभन्दा पहिले एकपटक नेपालमा राजतन्त्रको अन्त्य पछिको निर्वाचन सम्बन्धमा थोरै ज्ञान हाँसिल गर्न जरुरी छ।

राजा ज्ञानेन्द्रले राजगद्दी त्यागेको करिब १५ बर्ष भईसक्यो । राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फिर्ता गर्दछु’ भन्ने अभिव्यक्तिका साथ सत्ता बाट बाहिरिए । राजा ज्ञानेन्द्रले सत्ता छोडेपछि देशमा राजनैतिक परिबर्तन भयो जसलाई राजतन्त्रको अन्त्य सँगै ‘गणतन्त्र’ स्थापनाको संज्ञा दिईयो ।

गणतन्त्रको स्थापना पस्चात देशमा पटक पटक निर्वाचन भए । २०६४ सालमा संबिधान सभाको निर्वाचन भयो तर उक्त निर्वाचनबाट संविधान बन्न नसकेपछी २०७० सालमा देशमा पुन:  दोस्रोपटक संविधानसभाको निर्वाचन भयो । बि.सं २०७२ मा बनेको संबिधानले नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ घोषणा गर्यो । नेपालको संबिधान जनताले चाहेको जस्तो जनमुखी नभएको गुनाको धेरै छ । धेरै दल दोस्रो प्रयासमा संबिधान जारी भएकोमा खुशी पनि भए, धेरै दल रुष्ट पनि भए । तर त्यसबेला  राजसंस्था र हिन्दुराष्ट्रको मुख्य एजेन्डा बोकेको राप्रपा नेपालका तत्कालीन अध्यक्ष तथा परराष्ट्र मन्त्री कमल थापाले भने उक्त संबिधान बिश्वकै उत्कृष्ट संबिधान भएको अन्तर्राष्ट्रिय सम्मेलनमा अभिव्यक्ति दिए । हिन्दु राष्ट्र र राजसंस्थाको मुख्य एजेन्डा  बोकेको पार्टीका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता जोडिएको नेपालको गणतान्त्रिक संबिधानलाई बिश्व कै उत्कृष्ट संबिधान भन्न सम्म भ्याए ।

वि.सं २०७४ मंसिर २० र मंसिर २१ गरी दुई चरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । त्यसबेला नेकपा एमाले र माओवादी केन्द्रको एकता भयो । एकठाउँमा आएका दुई कम्युनिस्ट पार्टी बिजयी भए र  केपी शर्मा ओलिको नेतृत्वमा मन्त्रीमण्डल गठन भयो। पुष्पकमल दाहाल प्रचण्ड र केपि शर्मा ओलि बिचको तिक्तताले फेरि पार्टी बिभाजन भयो, केपि ओलिको सरकार ढल्यो र नेपाली  काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्यो ।  उक्त राजनैतिक तिक्तताले नेपाल कम्युनिस्ट पार्टी ४ टुक्रामा बिभाजन भयो । नेपालमा गणतन्त्र स्थापनापछि राजनैतिक खिचातानीले नेताले भनेजस्तो न जनताले सुख पाए न त देश समृद्धि नै भयो । हामी नेपाली जनता यी नेता र राजनैतिकदलहरुका लागि भोटर गणना भयौँ । उनिहरुको नजरमा हामी एक मत मात्र रह्योँ । नेताहरूले हामि नेपालीलाई झुटको खेती गरेर जहिल्यै झुकाए । हामी जहिल्यै बेकुफ मात्र भइरह्यौं । यो निर्वाचन हामी नेपाली जनता बेकुफ हुने अन्तिम समय हो ।

किन गर्दैनन् राजा ज्ञानेन्द्रले मतदान ?

राजा ज्ञानेन्द्रले मात्र होइन राजपरिवारका कुनैपनि सदस्यले आजसम्म मतदान गरेका छैनन् । राजाले मतदान नगर्नुको कारण हो ‘राजा सबैको साझा’ भन्ने आशय । राजा कुनै पार्टी वा ब्यक्तिको हुँदैनन् । राजा सिंगो राष्ट्रको गौरव र सबै राजनैतिक दल, सबै नेपाली नागरिकको साझा धरोहर भएका कारण राजा ज्ञानेन्द्रले कुनैपनी पार्टीलाई समर्थन वा मतदान गर्दैनन् ।

त्यसो भए के राजा ज्ञानेन्द्रले राजसंस्थाको एजेन्डा बोक्ने राप्रपालाई समर्थन गर्दैनन् होलान त भन्ने धेरैको प्रश्न हुनसक्छ ।  हो पक्कै पनि राजाले कुनै एक पार्टी, जाती, धर्म, संस्कृतिको समर्थन गर्दैनन् किनकि राजाको लागि सबै समान हुन्।

यदि राजाको पार्टी राप्रपा हुन्थ्यो भने राजा ज्ञानेन्द्र लगायत उनको परिवारले राप्रपालाई समर्थन र मतदान गर्थे होलान तर त्योसो गर्दैनन् । किनकि राजा सबैका साझा ब्यक्ती हुन् ।

धेरैको मनमा पहिलेपो राजा थिए अहिले त जनता भइसके मतदान गर्दा के हुन्छ र भन्ने लाग्ला । यदि तपाई यस्तो सोच्दै हुनुहुन्छ भने तपाईको गलत मानसिकता छ अथवा तपाईले कुनै पार्टिको झोला बोकिरहनु भएको छ भन्ने प्रष्ट हुन्छ । बिसौनुस अब पार्टिको झोला । राजाको पार्टी राप्रपा हो भन्ने सोचमा हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । यदि राजाको पार्टी राप्रपा हुन्थ्यो भने राजा ज्ञानेन्द्रले राप्रपालाई भोट मागेको वा हालेको कुनै प्रमाण छ? पक्कै छैन्।

यहाँ बाट प्रष्ट बुझ्न सकिन्छ कि राजा सबैको साझा हुने हुँदा उनले कुनै एक पार्टीलाई समर्थन वा मतदान गर्दैनन्। त्यसकारण आजसम्म राजा ज्ञानेन्द्रले मदतान गरेको रेकर्ड छैन् ।

प्रकाशित मिति: ३ मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com