वैशाख ८, सप्तरीबाट महोत्तरीको भंगाहा जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको टिपर बुधबार राति साढे १० बजेतिर ठोक्किँदा ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार घाइते सबै बसमा सवार जन्तीहरू हुन् ।

महोत्तरीको भंगहा-३ टिकुलियाका ४४ वर्षीय सुनील सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशालाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकसहित ३१ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीका अनुसार घाइतेहरूको स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ ।

पश्चिमबाट आउँदै गरेको टिपरले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा जन्ती बोकेको बससँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com