काठमाडौं । सप्तरी–२ बाट भारी मतका साथ विजयी बनेका जनमत पार्टीका अध्यक्ष सिके राउतको आज विजय र्‍याली गरिएको छ । उक्त र्‍यालीमा ठूलो संख्यामा समर्थकहरू सहभागी भए ।

मत परिणाम घोषणापश्चात् राउतसहित प्रदेशसभाका विजयी उम्मेदवार जिल्ला निर्वाचन आयुक्तको कार्यालयमा प्रमाणपत्र लिन पुगेका थिए । प्रमाणपत्र लिएर निस्केपछि उनीहरू विजय र्‍यालीमा सहभागी भएका हुन् । त्यस क्रममा उनीहरू भारतीय नम्बर प्लेटको गाडीमा सवार भएका थिए ।

आज घोषित परिणाम अनुसार राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै चुनाव जितेका हुन् । सप्तरी २ मा १८ हजारभन्दा बढी मतान्तरले उनले यादवलाई पछि पारेका छन् ।

निर्वाचित भएको प्रमाणपत्र लिएपश्चात् राउतले सरकारी निकायको सेवा प्रवाहलाई प्रमुख एजेन्डा बनाउने बताए । साथै, आफ्नो क्षेत्रलाई पाँच वर्षमा पूर्ण साक्षर बनाउने दाबी उनले गरे ।

 

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com