काठमाडौँ । गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार ज्ञवालीले अग्रता लिएका हुन्।
उनले ४ हजार ७०५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारी हुन्।
उनले ४ हजार ६६१ मत प्राप्त गरेका छन्। उनीहरूबीच ४४ मतको अन्तर छ।
यसअघि चन्द्रकान्तले अग्रता लिएका थिए। उनी ११७ मतले अगाडि थिए।
प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार
प्रतिक्रिया