काठमाडौं । जुम्लाबाट राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई दोब्बर बढी मतले पराजित गर्दै राप्रपाका शाही सांसद चुनिएका हुन् ।

निर्वाचित शाहीले २२ हजार ८ सय १९ मत पाए भने पराजित कुँवरले ११ हजार ९ सय ५९ मत ल्याइन् । एमालेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत पाए ।

 

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com