काठमाडौं । इलामको क्षेत्र नम्बर १ मा गणना भइसकेको ५ सय ५५ मत हराएपछि विवाद सुरु भएको छ । मतगणनाको क्रममा हराएका ती मतबारे टुंगो नलागेसम्म मतगणना नहुने भएको छ ।

आजै २ बजे सर्वदलीय बैठक बसेर थप निर्णय लिने पनि बताइएको छ । मतगणनाका क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिबिना नै मतगणना गरेपछि विवाद सुरु भएको दाबी गरिएको छ ।

दलका प्रतिनिधिबिना नै मतगणना भएको तर गणना भएका मत रुजु गर्दा ५ सय ५५ मत नभेटिएको हो । इलामबाट एकीकृत समाजवादीका युवा संघका नेता सन्दीप राईले दिएको जानकारीअनुसार हराएका मतबारे टुंगो नलागेसम्म मतगणना रोकिएको छ ।

निर्वाचन क्षेत्रका हिजो ३ बजेदेखि मतगणना स्थगित भएको बताइएको हो । एसका नेता झलनाथ खनाल र एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । इलाम–१ मा मतगणना जारी रहेकै बेला गणना भइसकेको मतपत्र र गणना भएको संख्यामा फरक परेको राईको दाबी छ ।

राईले भने, ‘५ सय ५५ मत सिल नभएको भेटिएपछि अहिले मतगणना रोकिएको छ । सर्वदलीय बैठक बसेर मतगणनाबारे टुंगो लाग्नेछ ।’ अहिलेसम्म २३ हजार ८ सय ६५ मतगणना सकिएको थियो । क्षेत्रमा ५९ हजार १ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com