काठमाण्डौ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकि छन्।
ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो ५ वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकि हुन् ।
उहाँले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताउनुभयो । आफूले मतदाता समक्ष राखेको प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै विजयी उत्सव मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गरिन् ।
‘हजुरहरूले दिनुभएका वाणीहरू, बाचाहरू, आशा, विश्वास, भरोसा सम्पूर्णलाई मैले संरक्षण गरेर हृदयभित्र जगेर्ना गरेर राखेको छु’ उहाँले भन्नुभयो ‘मेरो ५ वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासीको गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उभिने छु ।’
उनले देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागि पर्ने बताएकि छन् । ललितपुर बासीले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने पनि उनले प्रतिबद्धता जाहेर गरेकी छन् ।
प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार
प्रतिक्रिया